चैनपुरमा करेन्ट लागेर एकको मृत्यु

48

खाँदबारी, १९ पुस । सङ्खुवासभाको चैनपुर नगरपालिका–९ स्थित त्रिशुलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार करिब ४ बजेतिर आफ्नै घरमा राखेको मिनी राइस मिलमा करेन्ट लागेर स्थानीय २९ वर्षीय शिवकुमार भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

उनका अनुसार दिउँसो मकै पिस्ने क्रममा करेन्ट लागेर भण्डारी गम्भीर घाइते भएपछि चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लैजादै गर्दा उनकाे बाटैमा मृत्यु भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...