पुनर्जागरण बिनाको निर्वाचनको अर्थ छैन : महामन्त्री हमाल

165

काठमाडौँ, २१ साउन । पुनर्जागरण पार्टी नेपालका महामन्त्री रविकिरण हमालले पुनर्जागरण बिनाको चुनावको अर्थ नरहेको बताएका छन् ।

रिपोर्टर्स क्लबमा पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री हमालले अहिलेको चुनावले खास अर्थ नराख्ने बताए । उनले भने, ‘पुनर्जागरण बिनाको चुनावले खास अर्थ राख्दैन । देश र जनतामा पुनर्जागरण ल्याउनुपर्छ । हाम्रो पार्टी अहिले त्यतातर्फ केन्द्रित छ । नेपालमा मात्रै होइन, विश्व राजनीतिमा नै पुनर्जागरण आवश्यक छ । अहिले विश्व व्यवस्थाको कुरा गरौँ न, कुनै पनि संरचनाले काम गरेन । अमेरिकाको डेमोक्रेसीमा समस्या आएको छ ।’

चुनावदेखि चुनावसम्मको राजनीतिले नागरिकको दैनिकी बदल्न नसक्ने हमालले बताए ।

निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक पुनर्जागरण पार्टीले रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...