काठमाडौँ, १३ साउन । गृहमन्त्री बालकृष्ण खाण र सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शुक्रबार बिहानप्रचण्डलाई भेट्न मन्त्री खाण खुलमटारस्थित निवास पुगेका हुन् ।
भेटमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ । नागरिक विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरुसँग परामर्श गरिरहेका छन् ।
देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निर्वाचनको मिति घोषणा गर्न लागेको जानकारी गराएका थिए । तर, प्रचण्डले एक दुई दिन पर्खिन सुझाव दिएका थिए ।
बिहीबार आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले प्रधानमन्त्री देउवालाई केही दिन पर्खन भनेको र चाँडै निर्वाचनको मिति घोषणा हुने बताएका थिए ।