काठमाडौँ, ४ साउन । नेपाली कांग्रेस संसदीय दलको सचेतकमा चित्रलेखा यादव र सचेतकमा मिन विश्वकर्मा मनोनित भएका छन् ।
पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले यादवलाई प्रमुख सचेतक र विश्वकर्मालाई सचेतकमा नियुक्त गरेका हुन् ।
यसअघि कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाण थिए । खाण गृहमन्त्रीमा नियुक्त भएपछि झण्डै १ वर्षदेखि उक्त पद खाली रहेको थियो ।
संसदीय दलकी सचेतक रहेकी पुष्पा भुसाल केही दिन अगाडि मात्रै उपसभामुखमा निर्वाचित भएपछि उक्त पद खाली थियो ।
प्रमुख सचेतक नियुक्त भएकी यादव यसअघि प्रतिनिधिसभाको उपसभामुख भइसकेकी छन् । विश्वकर्मा भने कांग्रेस केन्द्रीय सदस्य हुन् ।