जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री केसी

216

काठमाडौँ, १५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै सवैको पहुँचमा विकास पुर्‍याउनुपर्ने बताएका छन् ।

१५औँ गणतन्त्र दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा केसीले सबैको मेहनत, योगदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानुपर्ने बताए । त्यस्तै, उनले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउन नसक्दासम्म गणतन्त्रको वास्तविक प्राप्तिको अनुभूति हुन नसक्ने जिकिर गरे ।

मुख्यमन्त्री केसीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले दिएको जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

उनले संविधानमा भएको व्यवस्था बमोजिमका मौलिक हकका विषय शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर फेर्ने गरी काम गर्न जरुरी रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...