बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ : मुख्यमन्त्री राई

242

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एक आपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

प्रदेश १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैको राजनीतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गरे ।

“हामीलाई चिनियाँ उक्ति जस्तो– बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ,” उनले भने,“हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुपर्यो, कर्मचारी जो भए पनि हुन्छ ।” उनले कर्मचारीलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि मन्त्रीलाई निर्देशन दिए ।

मुख्यमन्त्री राईले योजना कार्यान्वयन कम्रमा मन्त्रीलाई असहयोग नगर्न सचिवलाई आग्रह गरेका छन् ।

“यो वा त्यो कानुनको बाहना गरेर मन्त्रीलाई अलमलाउनु भएन,” उनले भने,“टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवले पनि मन्त्रीलाई खुला र पारदर्शी ढंगले भन्नुपर्यो ।”

उनले ऐन, कानुनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको उल्लेख गरे । “अब जहाँ समस्या पर्छ त्यहाँ कानुन बनाउँदै जाने हो,” मुख्यमन्त्री राईले भने ।

Share This:
सम्बन्धित खबर
Loading...