कानुनमन्त्री बडुलाई कोरोना संक्रमण

373

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण भएको छ ।

उनले आफूलाई कोरोना पुष्टि भएको जानकारी बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् दिएका हुन् ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि गरिएको पिसिआर परीक्षणका क्रममा मन्त्री बडुलाई कोरोना पुष्टि भएको हो । रिपोर्ट पोजेटिभ आएकाले डाक्टरको सल्लाहअनुसार अब केही दिन आइसोलेसनमा रहने उनले बताएका छन् ।

“केही दिनयता मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सम्पूर्णलाई स्वास्थ्य सावधानी अपनाउनका लागि अनुरोध गर्दछु,” उनले भनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...