इशा कार्कीको ‘तिमी र म घुम्न जाउँ’ सार्वजनिक [भिडियो]

425

काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गायिका इशा कार्कीको नयाँ गीत ‘तिमी र म घुम्न जाउँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुमधुर आवाजकी धनी लोकप्रिय गायिका इशा कार्कीले दर्जनौँ कर्णप्रिय गीतहरु नेपाली सांगीतिक बजारमा पस्किसकेकी छन् । विदेशी भूमिमा बसेर पनि नेपाली गीत संगीत, कला संस्कृति र साहित्यलाई अगाध माया गर्ने गायिका ईशा दर्शक श्रोता माझसमेत उत्तिकै लोकप्रिय छिन् ।

म्युजिक भिडियोलाई अमेरिकाको सुन्दर सहर क्यालिफोर्निया सानफार्न्सिसको वे एरिया र कोलोराडोमा आकर्षक ढंगले छायांकन गरिएको छ।

गीतमा शब्द, संगीत तथा स्वर गायिका इशा कार्कीको रहेको छ भने उनलाई गायक साजन लामाले साथ दिएका छन् । ‘तिमी र म घुम्न जाउँ’ मा अमेरिकामा बस्दै आएका लोकप्रिय नायक नवराज श्रेष्ठ र गायिका इशा कार्कि फिचर्ड गरिएको छ भने भिडियोमा अन्य कलाकारहरु इरिना ठकुरी, रन्जु पाण्डे, अमृत जंग कुँवर, रेशम लाल गौतम, जेम्स र पुरुशोतमले अभिनय गरेका छन् ।

छायांकन, ड्रोन र सम्पादन रसोज श्रेष्ठको रहेको छ। सार्वजनिक म्युजिक भिडियोको निर्देशन नायक नवराज श्रेष्ठले गरेका हुन् भने म्युजिक भिडियोको परिकल्पना तथा छायांकन ब्यबस्थापन अमृत जंग कुँवरले गरेका थिए।

नायक नवराज श्रेष्ठ नायक, निर्माता, ग्लोबल नेपाली फिल्म अवार्ड युएसएका अध्यक्ष र नेपाल फिल्म सोसाइटी अमेरिकाका अध्यक्ष हुन् । नेपाली चलचित्र तथा गीत संगीतमा छुट्टै पहिचान बनाउन सफल नायक नवराज सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन् ।

Share This:
सम्बन्धित खबर
Loading...