देशभर ८३ जना संक्रमित आइसियू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

78

काठमाडौँ । नेपालमा पछिल्लो केहि दिनयता कोरोना संक्रमितको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको छ । सोमबार मात्रै १ हजार ४४६ जनामा कोरोना पुष्टि भएको छ । कोभिड–१९ संक्रमितमध्ये ८३ जना देशभरका आइसियू र भेन्टिलेटरमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्थाङ्कअनुसार देशभरका विभिन्न आइसियूमा ६७ र भेन्टिलेटरमा १६ जना कोरोना संक्रमित उपचाररत छन् ।

कुन प्रदेशमा कति ?
प्रदेश १ मा ७ जना आइसियू र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै, प्रदेश २ मा एक जना आइसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ४३ जना आइसियूमा र १३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशमा ४ जना आइसियूमा उपचाररत छन् । यस्तै, लुम्बिनी प्रदेशमा १० जनाको आइसियूमा उपचार भइरहेको छ भने सुदूरपश्चिम प्रदेशमा दुई जना आइसियूमा र एक जना भेन्टिलेटरमा उपचाररत छन् । कर्णाली प्रदेशमा भने कुनै पनि बिरामी आइसियू र भेन्टिलेटरमा छैन ।

नेपालमा हालसम्म ८ लाख ३३ हजार ९४७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ८ लाख १४ हजार ४८५ जना कोरोनामुक्त भएका छन् भने ११ हजार ६०६ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...