कांग्रेस सिरहाका सभापतिलाई ‘गोली हान्ने धम्की’ दिएका एसपी पाण्डे निलम्बित

288

काठमाडौँ । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे ३ महिनाका लागि निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले छानबिनका लागि एसपी पाण्डेलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए ।

६ महिनाअघि सिरहा प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसपी पाण्डेलाई ३ दिनअघि प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर सरुवा गरेको थियो । यसको दोष कांग्रेस सिरहाका जिल्ला सभापति यादवलाई लगाउँदै उनले घरमै गएर गोली हानेर मार्ने धम्की दिएका थिए ।

कांग्रेस सिरहाका सभापति यादवले आफ्नो घरमै आएर पाण्डेले गोली हान्ने धम्की दिएको दाबी गरेका थिए । उनले विज्ञप्ति नै जारी गरेर यही पुस १८ गते राति १ः२५ बजे मादकपदार्थ सेवन गरेर पेस्तोल देखाएर आक्रमणको प्रयास गरिएको आरोपसमेत लगाएका छन् ।

सिरहा प्रहरी प्रमुखको जिम्मेवारी भने एसपी अर्जुन तिमल्सिनालाई दिइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...