कर्णालीबाट माओवादी केन्द्रमा २९ जना केन्द्रीय सदस्य, मुगु शून्य

285

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

माओवादी केन्द्रले यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ जिल्लाबाट केन्द्रीय सदस्यमा कुल चयन गरेको हो ।

जसमध्ये सबैभन्दा बढी जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्ण शाहभ र पार्वती विक, सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा चयन भएका छन् ।

त्यस्तै, रुकुमपश्चिमबाट जर्नादन शर्मा, राजकुमार शर्मा, बसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन, जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर छन् ।

कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक, यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत, टीका बुढाथोकी, हुम्लाबाट छक्कबहादुर लामा र विजय भण्डारी सर्वसम्मत चयन भएको केन्द्रीय सदस्य नरेश भण्डारीले जानकारी दिए ।

आठौँ महाधिवेशनबाट कर्णालीको सबैभन्दा कम डोल्पामा एकजना काली चलाउने केन्द्रीय सदस्यमा चयन हुँदा मुगु भने केन्द्रीय सदस्यविहीन बनाइएको छ ।

केन्द्रीय सदस्य भण्डारीले पार्टीले मुगुलाई पनि न्याय गर्न मनोनीत केन्द्रीय सदस्य लिने बताए । उनका अनुसार मुगुका नेता मंगल शाही केन्द्रीय सदस्यमा मनोनीत हुने देखिएको छ ।

माओवादी केन्द्रको २३६ केन्द्रीय कार्यसमिति सदस्यमा कर्णालीको १२ प्रतिशत सदस्य संख्या रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...