ओमिक्रोनबाट बेलायतमा १२ जनाको मृत्यु

127

काठमाडौँ । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट हालसम्म १२ जनाको मृत्यु भएको छ ।

तीव्र रुपमा फैलिएको ओमिक्रोनबाट उनीहरुको मृत्यु भएको उपप्रधानमन्त्री डोमिनिक राबले पुष्टि गरेका छन् । अहिले ओमिक्रोनबाट संक्रमित १०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

पछिल्लो समय बेलायतमा ठुलो संख्यामा दैनिक संक्रमित भेटिएका छन् । बेलायतमा यो साता दैनिक ९० हजारसम्म संक्रमित भेटिएका छन् । यो संख्या बेलायतमा देखिएको हालसम्मकै उच्च संख्या हो ।

विज्ञहरुले दैनिक संक्रमितहरुको संख्या अझै बढ्ने चेतावनी दिएका छन् ।

नोभेम्बरको अन्तिमा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले विश्वका ८९ देशहरुमा फैलिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...