स्वास्थ्य मन्त्रालयको प्रवक्तामा संगीता मिश्रा

320

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.संगीता मिश्राले पाएकी छन् ।

डा.मिश्रा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट मन्त्रालयमा सरुवा भएकी हुन् ।

यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.कृष्णप्रसाद पौडेलले सम्हालेका थिए । उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत हुन् ।

पौडेलले अब महाशाखा प्रमुखको जिम्मेवारी मात्र सम्हाल्नेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...