अमेरिकामा पनि भेटियो ‘ओमिक्रोन’ भेरियन्ट

252

काठमाडौँ । पछिल्लो पटक अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ अमेरिकामा पनि देखा परेको छ ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यही २२ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार दिएका हुन् ।

उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सिटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । उक्त परीक्षणबाट उनको कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज् कन्ट्रोल एन्ड प्रिभेन्सनले क्यालिफोर्नियामा बुधबार देखा परेको यो नै अमेरिकामा देखिएको ओमिक्रोनको पहिलो संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ ।

अघिल्लो हप्ता दक्षिण अफ्रिकामा पत्ता लागेको ओमिक्रोन भाइरस विश्वका कैयौँ देशमा भेटिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...