माधव नेपालेको निर्देशनविपरीत ‘नयाँ मुख्यमन्त्री’ राईको बियर पार्टी

78

काठमाडौँ । असोज २४ गते पार्टीका नयाँ मन्त्रीलाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आचरणको पाठ पढाएका थिए ।

उनले भनेका थिए, “बदनामी कमाउने र विवादमा पर्ने कुनैपति कामहरु तपाईंहरुबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । मन्त्रीहरु रक्सी खाएर मात्तिए, बेलुका–बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरुसँग बसेर यिनै कुरा गरिरहेका छन् भन्ने कुरा सुन्न नपरोस् । सिधा कुरा, रक्सी खाने बनी छ भने पनि बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरु तपाईंहरुबाट नहोस् । यस कुरामा म जोड दिन चाहन्छु ।”

१ नम्बर प्रदेशका नयाँ मुख्यमन्त्री (शपथ हुन बाँकी) राजेन्द्र राई भने सोमबार साँझ इटहरीमा एउटा होटलमा बियर पार्टी गरे । नेपालले क्लाइन्टसँग नबस्नु भनेका थिए, पार्टीको आयोजना होटल व्यवसायीले नै गरेको पुष्टि भएको छ ।

त्यसो त फ्लोर क्रस हुने भयले विपक्षी गठबन्धनले विराटनगरको बिग होटलमा आफ्ना सांसद्लाई सबै सुविधासहित होटलबास गराएको थियो ।

राईको बियर पार्टी विवादित मात्र बनेको छैन माधव नेपालको नैतिकता र आचरणको पाठ उहाँका फलोअरले कसरी पूरा गर्छन् भन्ने पनि देखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...