इच्छाराज तामाङसहित १२ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

318

काठमाडौँ । सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित ठगी आरोपमा पक्राउ परेका १२ जनामाथि अनुसन्धानका लागि अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले तामाङसहित सिभिल ग्रुप (सिभिल सहकारी)का १२ जनालाई हिरासतमा राखी अनुसन्धान गर्न ५ दिनका लागि म्याद थप गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोले जानकारी दिए ।

सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष तामाङसहित १२ जनाले १३७ जना बचतकर्ताको ७० करोड ८९ लाख १३ हजार रुपैयाँ निक्षेप ठगी गरेको आरोप लागेको छ ।

पीडित बचतकर्ताले दिएको उजूरीका आधारमा सिआइबीको टोलीले सोमबार सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा आबद्ध १२ जनालाई पक्राउ गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...