कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाउँदै बाइडेनले भने– म त झन जवान पो देखिए

280

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाएका छन् । राष्ट्रपति बाइडेनले फाइजरको बुस्टर डोज लगएका हुन् ।

कतिपय अमेरिकीले तेस्रो खोप आवश्यक नपरेको भनिरहेका बेला बाइडेनले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा खोप लगाएका हुन् । हालै अमेरिकाको स्वास्थ्य निर्देशिकाले ६५ वर्षमाथिका व्यक्तिलाई फाइजरको तेस्रो डोज अनुमोदन गरेको थियो ।

“म ७६ वर्षको जस्तो नदेखिए पनि मैले यो उमेर पार गरिसकेको छ,” ७८ वर्षीय बाइडेनले ठट्टा गर्दै भने । बुस्टर डोज लगाए पनि आफू झन् जवान देखिएको उनको भनाइ थियो ।

स्वास्थ्यमा गम्भीर समस्यादेखि भाइरसको जोखिममा रहेका स्वास्थ्यकर्मीले बुस्टर डोज लगाउन सक्छन् ।

Share This:
सम्बन्धित खबर
Loading...