नेपाललाई साफ च्याम्पियनसीप आयोजना गर्न प्रस्ताव

203

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई साफ च्याम्पियनसीप आयोजना गर्न औपचारिकरुपमा प्रस्ताव गरेको छ ।

नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनसीप गर्न एन्फालाई महासंघले पत्र पठाएको हो । साफका महासचिव अनवारुल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ च्याम्पियनसीप आयोजनाका लागि प्रस्ताव पठाएको एन्फाले जनाएको छ । यसअघि नेपलले साफ च्याम्पियनसीपका लागि महासंघलाई प्रस्ताव पठाएको थियो ।

बंगलादेशमा आयोजना गर्न तय भएको साफ च्याम्पियनसीप कोरोना महामारीका कारण हुन सकेको थिएन । बंगलादेशले प्रतियोगिता आयोजना गर्नबाट हात झिकेपछि नेपालले इच्छा देखाएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...