दक्षिण अफ्रिकाको विजयी सुरुवात

282

काठमााडौं । आयरल्यान्डविरुद्धको पहिलो टी–२० क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । आयरल्यान्डलाई ३३ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता लिएको ।

द भिलेजमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका एडिन मर्क्रामले ३९, डेविड मिलरले २८, भान डेर डसेनले २५, क्वुइन्टन डि ककले २० तथा कगिसो रबडाले १९ रनको पारी खेले ।

१ सय ६६ रनको लक्ष्य पाएको घरेलु टोली आयरल्यान्डले १ सय ३२ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको आरल्यान्डका ह्यारी टेक्टरले ३६, बारी म्याककार्थीले ३०, एन्ड्रयू बलबर्नीले २२ तथा जोशुवा लिटलले १५ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।

आयरल्यान्डलाई न्यून योगफलमा रोक्ने क्रममा दक्षिण अफ्रिकाका तर्बाइज साम्सीले ४ तथा जर्ज लिन्डे र लुङ्गी एनगिडीले समान २–२ विकेट लिए ।

यसअघि दुई टोलीबीच भएको तीन खेलको एकदिवसीय सिरिज १–१ को बराबरीमा सकिएको थियो । दोस्रो खेलमा आयरल्यान्ड ४३ रनले विजयी भएको थियो भने अन्तिम खेलमा दक्षिण अफ्रिकाले ७० रनको जित हात पारेको थियो । दुई टोलीबीचको पहिलो खेल बिना नतिजा सकिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...