इंग्ल्यान्ड फहिलो पटक युरो कपको फाइनलमा

200

काठमाडौं । युइएफए युरो कप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ ।

लन्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा डेनमार्कमाथि २–१ गोल अन्तरले पराजित गर्दै इतिहासमै पहिलोपटक युरोकपको फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि कप्तान ह्यारी केनले अतिरिक्त समयमा विजयी गोल गर्दै इंग्ल्यान्डलाई उपाधिनजिक पुर्याएका हुन् ।

स्टेडियममा ६० हजार दर्शक उपस्थित खेलको ३०औँ मिनेटमा मिक्केल ड्याम्सगर्डको उत्कृष्ट फ्रिकिक गोलमा डेनमार्कले अग्रत बनाउँदै घरेलु दर्शकलाई स्तब्ध बनाएको थियो । तर, ३९औँ मिनेटमा डेनमार्कका कप्तान सिमोन कजायर आत्मघाती गोल गर्न पुगे ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको पहिलो हाफमा इंग्ल्यान्डले पेनाल्टी प्राप्त गरेपछि कप्तान केनले उक्त अवसरको सदुपयोग गरेका थिए । उनका पहिलो प्रहरलाई गोलरक्षकले विफल पारेपनि रिबाउन्डमा गोल गर्न सफल रहे ।

योसँगै इंग्ल्यान्ड पहिलोपटक युरोकपको फाइनलमा प्रवेश गरेको छ ।

फाइनलमा इंग्ल्यान्डले इटालीको सामना गर्ने छ । पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...