जी सेभेन राष्ट्रले कोरोना खोपको १०० करोड मात्र दान दिने

202

एजेन्सी । विश्वका धनी मुलुकहरुले कोरोना भाइरसविरुद्ध गरिब देशहरुलाई एक सय करोड डोज खोप दान दिने भएका छन् ।

इंग्ल्यान्डका प्रधानमन्त्री बोरिस जोन्सनले धनी मुलुकहको संगठन जी सेभेनमा आवद्ध देशहरु कोरोनाविरुद्ध खोपको एक सय करोड डोज दान दिन सहमत हुने विश्वास व्यक्त गरेका छन् ।

जी सेभेनको बैठक सुरु हुनुपूर्व जोन्सनले सन् २०२२ को अन्त्यसम्म संसारका सबै जनसंख्यालाई खोप उपलब्ध गराउने संकल्प जी सेभेन राष्ट्रका नेताहरुले गर्नुपर्ने प्रष्ट पारे । बेलायतले भने दश करोड मात्रा दान दिने उननले बताए ।

यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीविरुद्धको यस युद्धमा अमेरिका एक्लैले ५० करोड मात्र खोप उपलब्ध गराउने बताइसकेका छन् । यस महामारीलाई हराउन संसारका धनी र शक्तिसम्पन्न मुलुकहरु अगाडि आउनुपर्ने बाइडेनको भनाइ थियो ।

अमेरिकी घोषणाको स्वागत गर्दै फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोले युरोपले पनि केही गर्नैपर्ने भन्दै आफ्नो देशको तर्फबाट ३ करोड मात्रा खोप दान दिने बचनवद्धता व्यक्त गरेका छन् ।

जी सेभेनमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान संलग्न छन् । अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकाले गनेए यो संख्याको खोप दान र जी सेभेनको समर्थनसँगै विश्व खोप अभियान तीव्र गतिमा चालु हुने विश्वास पनि व्यक्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...