यस्तो छ ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश २०७६’ [पूर्णपाठ]

161

काठमाडौं । सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको अध्यादेश ल्याउन लागेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) अध्यादेश २०७६’ ल्याउने निर्णय गरेको हो । अध्यादेश तुरुन्त प्रारम्भ हुने सरकारले जनएको छ ।

बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाका कर्मचारीहरुमाथि हुने गरेका आक्रमणका दोषीलाई कानुनी कारबाहीका लागि कडा कानुन बनाउन विभिन्न सरोकारवाला निकायहरुले लामो समयदेखि पहल गरिरहेका थिए । पछिल्लो समय कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि पटक–पटक भौतिक आक्रमण तथा दुर्व्यहारका घटना बढ् थालेपछि सरकारले दोषीलाई अध्यादेशमार्फत् कानुनको दायरामा ल्याउने निर्णय गरेको हो ।

अध्यादेशमा स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजन वा घेराउ गर्न पनि रोक लगाइएको छ । साथै, कुनैपनि किसिमले स्वास्थ्यकर्मी वा स्संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा बाधा पुर्याउन पाइने छैन ।

कसैले दफा ३ विपरीत कुनै कार्य गरेमा अध्यादेश अनुसार कसुर मानिने छ । त्यस्ता कार्यमा संलग्न हुनेले निम्न बमोजिमका कानुनी कारबाही भोग्नुपर्ने छ ।

स्वास्थ्य उपचारको विषयलाई लिइ स्वास्थ्य संस्था वा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीविरुद्ध घेराउ गर्ने हातपात गर्ने वा शारीरिकरुपमा आघात पुर्याउने तथा स्वास्थ्य संस्थामा तालाबन्दी तोडफोड, आगजनी वा घेराउ गर्नेलाई २ लाख रुपैयाँसम्म जरिवाना वा ४ वर्ष कैद वा दुवै सजाय हुनसक्ने छ ।

स्वास्थ्यकर्मी वा संस्थामा कार्यरत कर्मचारीलाई कुनै किसिमले धम्की दिने,मानसिक तनाव दिने र अपमानजनक व्यवहार गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने ।

कुनैपनि किसिमले स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा बाधा पुर्याउनेलाई २० हजार जरिवाना र ३ महिना कैद वा दुवै सजाय हुनसक्ने छ ।

अध्यादेश
Share This:
सम्बन्धित खबर
Loading...