जेठ २४ मा बजेट अधिवेशन बोलाउन प्रदेश १ सरकारको सिफारिस

288

विराटनगर । प्रदेश नम्बर १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जेठ २४ गते २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

सो निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको उनले बताए । अधिवेशन आह्वान र अत्य प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।

कोरोना महामारीलाई कारण देखाउँदै समयमा प्रदेशसभा अधिवेशन नबोलाएको प्रदेश १ सरकारले आर्थिक कार्यविधि ऐन २०७४ संसोधन गर्न अध्यादेश जारी गर्ने निर्णय यसअघि गरेको थियो । कार्यविधिमा यसअघि उल्लेख भएको १५ दिनअघि प्रि–बजेट छलफल गर्नुपर्ने प्रावधानलाई संसोधन गरी ५ दिन बनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...