२४ घन्टामा ६,०८५ जना संक्रमित थपिँदा ६,८९८ कोरोनामुक्त, ६८ को मृत्यु

कोरोना अपडेट

164

काठमाडाैं । नेपालमा २४ घन्टाको अवधिमा ६ हजार ८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ६८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १७ हजार १४७ आरटी पिसिआर र ३ हजार १८ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । यीमध्ये १ लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ सय ४९१ जना र भेन्टिलेटरमा ४०४ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट ६ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ८९८ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ५४ हजार ३४४ जना पुगेको छ । निको हुने दर ८०.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ६८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४५४ सय पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...