काठमाडौं उपत्यकामा एकैदिन थपिए ४ हजार १०६ जना संक्रमित

484

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ४ हजार १ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ८९, ललितपुरमा ६ सय ४३ र भक्तपुरमा ३ सय ७४ जना गरी उपत्यकामा ४ हजार १ सय ६ जना संक्रमित भेटिएको हो ।

देशभरबाट ९ हजार १ सय ९६ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ । यीमध्ये ७८ हजार ६ सय २९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय २८ जना र भेन्टिलेटरमा २ सय ३१ जना उपचाररत छन् ।

शुक्रबार देशभर २ हजार ९ सय ५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका २ हजार ९ सय ५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ९५ हजार ३ सय ९५ जना पुगेको छ । निको हुने दर ७८।२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५० जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...