विराटनगरमा ‘निषेधाज्ञा’ जेठ १ गतेसम्म लम्बियो

417

विराटनगर । मोरङको विराटनगरमा जारी निषेधाज्ञाको अवधि एक साता लम्ब्याइएको छ ।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै मोरङ प्रशासनले जेठ १ गतेसम्मका लागि निषेधाज्ञाको समय बढाएको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले निषेधाज्ञाको समय बढाउने निर्णय गरेअनुसार प्रशासनले निषेधाज्ञाको समय बढाएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम वैशाख २४ गते राति १२ बजेदेखि लागु हुने गरी जेठ १ गतेसम्मका लागि अल्पकालीन निषेधाज्ञा जारी गर्ने बैठकले निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...