पोखरामा एक महिलासहित थप ४ जनाको मृत्यु

579

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ४ जना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३ र म्याग्दीका १ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा–३ का ८७ वर्षीय पुरुष, पोखरा–२९ का ४१ वर्षीय पुरुष, पोखरा–१७ का ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरि गाउँपालिका–२ की ७२ वर्षीया महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा–३ का ८७ वर्षीय संक्रमित पुरुषको चरक मेमोरियल अस्पतालमा र अन्य ३ जना संक्रमितको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ४१ पुगेको छ । प्रदेशमा २० हजार ४६८ कोरोना संक्रमित छन् । तीमध्ये १७ हजार १५९ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...