उद्योगमा अक्सिजन सिलिन्डर प्रयोग बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

551

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उद्योगधन्दामा प्रयोग भइरहेको अक्सिजन र अक्सिजन सिलिन्डर प्रयोग तत्काल रोक्न निर्देशन दिएको छ ।

मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन अभाव हुन थालेपछि उद्योगधन्दामा अक्सिजन र सिलिन्डर प्रयोग रोक्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय विपरीत उद्योगधन्दाहरुमा अक्सिजन तथा सिलिन्डर प्रयोग भइरहेको भन्दै तत्काल अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न निर्देशन दिएका हुन् ।

“अनुगमनका क्रममा धेरै ठूलो मात्रामा अक्सिजन सिलिन्डरहरु खाली रहने वा भरेर भण्डारण गरेर राख्ने गरेको पाइएकाले सम्बन्धित सबै उद्योगी, व्यवसायी र सरोकारवालामा त्यस्ता अक्सिजन सिलिन्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गरिदिनुहुन, धेरैभन्दा धेरै सिलिन्डरहरु भरि नेपाली नागरिकहरुको ज्यान बचाउने उपायहरुका लागि अस्पतालहरुमा उपलब्ध गराउने कार्य गरिदिनुहुन हार्दिक अनुरोध छ” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै सरकारको यस निर्णयको उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० को आधारमा अनुगमन गरी कारबाही गर्ने चेतावनी दिएको छ ।

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...