बेलको ह्याट्रिकमा टोटनह्यामको सहज जित

353

काठमाडौं । इंग्लिस प्रिमिय लिग (इपिएल) फुटबलमा खेलमा टोटनह्याम र आर्सनल विजयी भएको छ ।

गएराति भएको खेलमा सेफिल्ड युनाइटेडलाई ४–० ले हराउँदै टोटनह्याम शीर्ष पाँचका पुगेको छ । टोटनह्यामलाई जित दिलाउन ग्यारेथ बेलले ह्याट्रिक गरे । अर्को गोल सन ह्युङ मिनले गोल गरे । बेलले ३६, ६१ र ६९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

३४ खेलबाट ५६ अंक जोडेको टोटनह्याम तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

यस्तै, गएराति नै भएको खेलमा आर्सनलले न्यु क्यासल युनाइटेडलाई २–० ले पराजित गर्यो । जितसँगै आर्सनल नवौँ स्थानमा पुगेको छ ।

मैदानमा भएको प्रदर्शनका कारण लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल भने स्थगित भएको थियाे ।

Share This:
सम्बन्धित खबर
Loading...