कोरोनाबाट पोखरामा एकैदिन ८ जनाको मृत्यु

690

पोखरा । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराका विभिन्न अस्पतालमा उपचाररत ७ जना र होम आइसोलेसनमा रहेका एक संक्रमितको मृत्यु भएको हो । जसमा पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय पुरुषको शनिबार होम आइसोलेसनमा मृत्यु भएको हो ।

पोखरा २६ की ५८ वर्षीया महिला, पर्वत कुश्मा नगरपालिका–५ की ७६ वर्षीया महिला, दाङ राप्ति गाउँपालिका–५ का ४३ वर्षीय पुरुष, पोखरा महानगरपालिका–१६ की ७३ वर्षीया महिला, पोखरा–१० की महिला, पोखरा–१९ का ५४ वर्षीय पुरुष र रुपन्देही बुटवल उपमहानरपालिका–३ का ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३१ पुगेको छ।

Share This:
सम्बन्धित खबर
Loading...