श्रमिक दिवसमा युवाहरुले गरे कालिका मन्दिर परिसर सरसफाइ

565

बागलुङ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेरर प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।

मन्दिर प्रवेशद्वार तथा पार्किङ क्षेत्रमा फोहोर हुँदा गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिर परिसर कुरुप देखिन थालेको भन्दै बागलुङका दुई युवा समूहले सरसफाइ गरेका हुन् ।

श्रमिक दिवसका अवसरमा बागलुङ जिल्लामा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्था लिमिटेडद्वारा गठित युवा समूह ‘आदर्श युवा’ र हाई हाइकर्स समूहले मन्दिरको पार्किङस्थललगायत आसपासको क्षेत्रमा सरसफाइ गरेको आदर्श सञ्चार सहकारी संस्थाले जनाएको छ ।

मन्दिरको पार्किङ क्षेत्रमा भक्तजनहरुले जथाभावी फालेका प्लाष्टिकजन्य तथा गल्ने फोहोर करिब १५ बोरा संकलन गरी व्यवस्थापन गरिएको आदर्श युवा क्लवका सदस्य रोहन जिसीले जानकारी दिए ।

युवाहरुले सामाजिक काम गर्नुपर्दछ भन्ने भावनाका साथ फोहोर भएर कुरुप देखिएको मन्दिरको पार्किङस्थल र प्रवेशद्वार परिसरको सरसफाइ गरिएको हाई हाइकर्स समूहका विश्वास थापाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...