थप ४,७६२ जनामा संक्रमण पुष्टि, एकैदिन ६,४९१ कोरोनामुक्त

कोरोना अपडेट

349

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ४ हजार ७ सय ६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ११४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १५ हजार ५५ आरटी पिसिआर र २ हजार ४ सय २५ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ । यीमध्ये १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा ८ सय ९०, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १ सय २१ जना गरी उपत्यकामा १ हजार २ सय ६३ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ४ सय २४ जना र भेन्टिलेटरमा २ हजार ५ सय ८४ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट ६ हजार ४ सय ९१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ४ सय ९१ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ४७ हजार ४ सय ४६ जना पुगेको छ । निको हुने दर ७९.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय १४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८६ सय पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...