२४ घन्टामा थपिए ८ हजार २०३ संक्रमित, ६ हजार ८९१ जना कोरोनामुक्त

काेराेना अपडेट

477

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार २ सय ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ९६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर २० हजार २ सय ८६ आरटी पिसिआर र ६ सय ९३ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ८४ पुगेको छ । यीमध्ये १ लाख १४ हजार ५ सय २९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ हजार ४९, ललितपुरमा ३ सय ६५ र भक्तपुरमा २ सय २१ जना गरी उपत्यकामा २ हजार ६ सय ३५ जना संक्रमित थपिएका छन् ।

मंगलबार देशभर ६ हजार ८ सय ९१ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ८ सय ९१ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ५२ हजार ४ सय १४ जना पुगेको छ । निको हुने दर ७४.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ९६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...