काठमाडौं उपत्यकामा थपिए ३,०९८ संक्रमित, ७९ जनाको मृत्यु

437

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ३ हजार ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ३ सय ४६, ललितपुरमा ४ सय ५४ र भक्तपुरमा २ सय ९८ जना गरी उपत्यकामा ३ हजार ९८ जना संक्रमित भेटिएको हो ।

हालसम्म काठमाडौंमा २८ हजार ५ सय २७, भक्तपुरमा ५ हजार ७६ र ललितपुरमा ७ हजार १ सय ७१ जना संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ७९ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये काठमाडौंमा ५१, ललितपुरमा १४ र भक्तपुरमा १४ जनाको ज्यान गएको छ ।

देशभरबाट २४ घन्टाको अवघिमा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ भने ५ हजार ७ सय ६७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...