‘कोभ्याक्स’मार्फत् खोपको व्यवस्था गर्न राष्ट्रसंघलाई प्रधानमन्त्रीको आग्रह

482

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभ्याक्स सुविधाको खोप चाँडै आपूर्ति गर्न राष्ट्रसंघलाई आग्रह गरेका छन् ।

राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीसँगको भेटमा ओलीले नेपालको अवस्थालाई मध्यनजर गर्दै चाँडो खोप आपूर्ति गर्न ताकेता गरेका हुन् ।

भेटमा राष्ट्रसंघीय दूत न्यान्तीले नेपालको पछिल्लो अवस्था, खोपको उपलब्धता र आवश्यकताबारे प्रधानमन्त्रीसँग बुझेकी थिइन् ।

साथै, भेटमा राष्ट्रसंघले खोप र स्वास्थ्य सामग्री आपूर्तिका लागि गरेको पहलबारे न्यान्तीले ब्रिफिङ गरेकी थिइन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार भेटमा राष्ट्रसंघले कोभ्याक्स सुविधाअन्तर्गतको खोप चाँडै नेपाल ल्याउन पहल भइरहेको जनाए ।

Share This:
सम्बन्धित खबर
Loading...