धनकुटामा एकैदिन थपिए ६० जना कोरोना संक्रमित

347

धनकुटा । धनकुटामा सोमबार एकैदिन ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकै संक्रमण पुष्टि भएको यो हालसम्मकै धेरै संख्या हो ।

जिल्ला अस्पतालको ल्याबमा १ सय २८ जनाको आरटी पिसिआर परीक्षण गर्दा ३० पुरुष र ३० महिलाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार धनकुट नगरपालिकामा १७, चौबिसे गाउँपालिकामा १४, साँगुरीगढी गाउँपालिकामा १४, महालक्ष्मी नगरपालिकामा १०, पाख्रीबास नगरपालिकामा ४ र छथर जोरपाटी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ सय ९१ पुगेको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईँकाअनुसार संक्रमितमध्ये २० जना कोरोनामुक्त भएका छन् । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएयता धनकुटामा ३ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...