कोरोना संक्रमणबाट २४ घन्टामा १६८ जनाको मृत्यु

188

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा १ सय ६८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार बुधबार एकैदिन १ सय ६८ जना संक्रमितको मृत्यु भएको हो ।

योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घन्टाको अवघिमा २० हजार ३ सय ६२ आरटी पिसिआर र ४ सय २४ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ ।

कुल कोरोना संक्रमितको संख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको छ । यीमध्ये १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

मंगलबार देशभरबाट ३ लाख १६ हजार ४ सय ६३ जना पुगेको छ । निको हुने दर ७४.९ प्रतिशत रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...