सिसिएमसीले तोक्यो अक्सिजनको कोटा, सबैभन्दा बढी वीर अस्पताललाई [सूचीसहित]

490

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अस्पताललाई अक्सिजनको कोटा तोकिदिएको छ । कोरोना संक्रमितहरुका लागि अक्सिजन अभाव भएको चौतर्फी गुनासो आएपछि सिसिएमसीले अस्पतालहरुको लागि कोटा निर्धारण गरिदिएको हो ।

सिसिएमसीको निर्देशन अनुसार नौ वटा अक्सिजन उद्योगले दैनिक रुपमा तोकिएको कोटाका आधारमा मात्रै अस्पताललाई अक्सिजन दिन पाउने छन् । सिसिएमसीको निर्देशन अनुसार सबैभन्दा धेरै वीर अस्पतालले काभ्रेको नवजीवन उद्योगबाट दैनिक तीन सय सिलिन्डर अक्सिजन पाउनेछ ।

यस्तै पाटन अस्पतालले सगरमाथा अक्सिजन उद्योगबाट दैनिक दुई सय सिलिन्डर पाउने छ । यस्तै काठमाडौं मेडिकल कलेज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल र एपिएफ अस्पताले दैनिक एक सय ५० सिलिन्डरको कोटा पाएका छन् ।

Oxygen Distribution
Share This:
सम्बन्धित खबर
Loading...