मोरङमा उपचाररत ७ जना संक्रमितको मृत्यु

191

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । नोबेल अस्पताल विराटनगर र विराट मेडिकल शिक्षण अस्पताल बुढीगंगामा शनिबार रातिदेखि आइतबार बिहानसम्म ७ जना संक्रमितको मृत्यु भएको हो ।

नोबेल अस्पतालमा विराटनगर महानगपालिका–१ का ७६ वर्षीय पुरुष, सुनसरीको धरान उपमहानगरपालिका–१७ का ६६ वर्षीय पुरुष र सिरहाको कल्याणपुर–४ की ३८ वर्षीय महिलाको आइतबार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यस्तै, मोरङ उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरी बोदे बरसाइद नगरपालिका–१० का ३५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्रबन्धक दाहालले बताए ।

विराट मेडिकल शिक्षण अस्पतालमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ की ५४ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको अस्पतालका इञ्चार्ज सुनिल देवले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...