मोरङ र सुनसरीमा ६ जना कोरोना संक्रमितको मृत्यु

377

विराटनगर । पछिल्लो १२ घन्टामा सुनसरी र मोरङका कोभिड अस्पताल र होम आइसोलेसनमा रहेका ६ जना संक्रमितको मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा शुक्रबार राति धरान–३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको छ भने सोही अस्पतालमा विराटनगर महानगरपालिका–५ की ५२ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

यसैगरी मोरङको जहदा गाँउपालिका–२ का ६५ वर्षीय पुरुषको विराटनगरस्थित कोसी कोभिड–१९ उपचार केन्द्रमा उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको छ । उच्च रक्तचाप र मधुमेहका बिरामी रहेका उनलाई श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना गरिएको थियो ।

मोरङको कटहरी गाँउपालिका–२ की ९१ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । होम आइसोलेसनमा रहेकी उनलाई एक्कासि स्वास प्रश्वासमा समस्या आएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै शुक्रबार राति मृत्यु भएको हो ।

बुटवल घर भएका ५१ वर्षीय एक पुरुषको विराटनगरमा गएराति मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ मा डेरा गरी बस्दै आएका उक्त पुरुषको स्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार श्वाब संकलन गरिएको थियो ।

यसै गरि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पञ्चकन्या–१ तेह्रथुमकी २० वर्षीया एक महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...