नेपाल सुपर लिग : धनगढी एफसीको पहिलो जित, काठमाडौं ३–०ले पराजित

495

काठमाडौं । धनगढी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो ।

धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल तथा टंक बस्नेतले एक गोल गरे । काठमाडौंविरुद्ध धनगढीले पहिलो हाफमै तीन गोल गरेको थियो ।

खेलको १९औँ मिनेटमा टंक बस्नेतले गोल गर्दै धनगढीलाई अग्रता दिलाए । खेलको २२औँ मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २–० मा पुर्याए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३–० को जित दिलाए ।

जितसँगै धनगढीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३–० ले पराजित भएको थियो । काठमाडौंको यो पहिलो हार हो ।

Share This:
सम्बन्धित खबर
Loading...