बाँकेमा कोरोना संक्रमणबाट ३ को मृत्यु

380

बाँके । कोरोना संक्रमणबाट बाँकेमा शुक्रबार ३ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

बाँकेमा उपचाररत एक जना बाहिरी जिल्लाका र २ जना जिल्ला भित्रकै कोरोना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले जनाएको छ ।

मृत्यु हुनेमध्ये २ जनाको बिहीबार राति र एक जनाको शुक्रबार बिहान मृत्यु भएको डिसिसिएमसी बाँकेका कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिए ।

फोक पर्सन वलीकाअनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बनगाड–३ सल्यानका ५६ वर्षीय पुरुष, जानकी–१ की ७१ वर्षीया महिला र बैजनाथ–६ का २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...