राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ता गर्ने म्याद वैशाख १४ सम्म

574

काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य रामबहादुर थापा‘बादल’लाई कारबाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ ।

उपनिर्वाचनका लागि दल दर्ता गर्ने समयावधि वैशाख १० गतेदेखि १४ सम्म निर्धारण गरेको छ ।

बागमती प्रदेशबाट निर्वाचित सांसद् थापा नेकपा (एमाले)मा प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो ।

राष्ट्रियसभाको रिक्त स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानका कारण बिहीबारदेखि नै उपनिर्वाचनको तयारी सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा भाग लिन चाहने दलहरुले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...