बाँकेमा उपचाररत २ जना संक्रमितको मृत्यु

479

बाँके । बाँकेको कोहलपुर नगरपालिकामा २ जना कोरोना संक्रमितको उपचारको क्रममा सोमबार साँझ मृत्य भएको छ ।

कोहलपुर–२ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर–२ कै ७७ वर्षीय पुरुषको मृत्य भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थपन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

३५ वर्षीया महिलाको सोमबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र ७७ वर्षीय पुरुषको कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल ल्याउँदै मृत्यु भएको बताइएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा ६३ जनाको मृत्यु भएको छ । पछिल्लो समय सीमावर्ती जिल्ला बाँकेमा कोरोना संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । सोमबार मात्रै ३ सय २२ जनामा कोरोना पुष्टि भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...