जिप दुर्घटनामा चालकको मृत्यु

507

तेह्रथुम । तेह्रथुम–७ लाप्छायाङ टोलमा अनियन्त्रीत भई जिप भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।

गत राति साढे ९ बजे म्याङलुङबाट मोराहाङतर्फ जादै गरेको को१ज ३४०९ को जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

सो दुर्घटनामा परी जिप चालक तेह्रथुम मन्छायायेम गाउँपालिका–५ का ४६ वर्षीय कृष्ण खापुङ गम्भिर घाइते भएका थिए ।

घाइते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

जिपमा अन्य सवार कोही नभएको सो कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...