सेती अस्पतालमा उपचाररत संक्रमित पुरूषको मृत्यु

298

कैलाली । कोरोना संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु भएको छ ।

सेती प्रदेशिक अस्पतालको अस्थायी कोरोना अस्पतलामा उपचाररत कञ्चनपुर बेदकोट–१० का ८१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतलाका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

स्वास्व प्रस्वाससम्बन्धी समस्या लिएर शुक्रबार अस्पतला आएका वृद्धमा शुक्रबारनै कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए ।

हाल कोरोना अस्पतालमा १६ जना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये २ जना भेन्टिलेटरमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...