सेती प्रदेशिक अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

451

महेन्द्रनगर । सेती प्रदेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार ती संक्रमित बिरामीमा आइतबार मात्रै कोरोना पोजेटिभ देखिएको थियो ।

सूचनाअधिकारी श्रेष्ठका अनुसार मृतक संक्रमितमा कडा खाले निमोनिया देखिएको थियो । स्वासप्रस्वासमा जटिल समस्या देखिएपछि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

उनी फागुन पहिलो साता भारतबाट नेपाल फर्किएका थिए  ।

Share This:
सम्बन्धित खबर
Loading...