बैंगलोरको विजयी सुरुवात, डिफेन्डिङ च्याम्पियन २ विकेटले पराजित

आइपिएल २०२१

234

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको उद्घाटन खेलमा बैंगलोरले डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्समाथि २ विकेटको जित हात पारेको हो ।

१ सय ६० रनको लक्ष्य पाएको बैंगलोरले अन्तिम बलमा पूरा गर्दै जित हासिल गरेको हो । बैंगलोरको जितमा दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डि भिलियर्सले ४८ रन बनाए । अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा पहिलो बलमा एबी डि भिलियर्सले १ रन लिए ।

दोस्रो बलमा हर्शल पटेलले २, तथा तेस्रो बलमा १ रन लिदै एबी डि भिलियर्सलाई स्ट्राइक दिए । माक्रो जनसिनको बलमा दुई रन लिन खोज्दा उनी रनआउट भए । यस्तै, दुई बलमा मोहम्मद सिरज पटेलले ११ बनाउँदै जित सुनिश्चित गरे ।

अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेलले ३९ तथा कप्तान विराट कोहलीले ३३ रनको योगदान दिए ।

नियमित ओपनरबिन मैदानमा उत्रिएको बैंगलोरका लागि कोहलीसँग ३६ रनको साझेदारी गरेका वासिङ्टन सुन्दर १० रनमा आउट भए ।

मुम्बइका माक्रो जनसिन र जसप्रीत बुम्राहले समान २-२ तथा ट्रेन्ट बाेल्ट र क्रुणाल पाण्ड्याले एक-एक विकेट लिए ।

यसअघि, मुथैया अन्नामलाई चिदम्बरम स्टेडियम चेन्नइमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।

मुम्बइले सुरुवात राम्रो गरेपनि मध्य र तल्लो क्रममा ब्याट्सम्यानहरुले उल्लेखनीय रन बनाउन नसक्दा मध्यम स्कोर बनाउन सक्यो ।

मुम्बइका क्रिस लिनले सर्वाधिक ४९ रनका पारी खेले । यस्तै, सूर्य कुमार यादवले सर्वाधिक ३१ तथा इशन किसनले २८ रन जोड्दा कप्तान रोहित शर्माले १९ र हार्दिक पाण्ड्याले १३ रन बनाए ।

बैंगलोरका हर्शल पटेलले सर्वाधिक ५ विकेट लिए । यस्तै, वासिङ्टन सुन्दर र काइल जेमिसनले एक एक विकेत हात पारे भने मुम्बइका दुई ब्याट्सम्यान रनआउट भए ।

मुम्बइमाथिको जितसँगै बैंगलोरले तालिकामा दुई अंक जोडेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...