अब जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण, ३ घन्टामै रिपोर्ट

158

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को परीक्षण अब जिन एक्सपर्ट विधिबाट हुने भएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट जिन एक्सपर्टविधिमार्फत् कोरोनाको परीक्षण हुने भएको हो ।

प्रयोगशालाले जारी गरेको सूचनाअनुसार यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपार्ट ३ घन्टामा आउने जनाएको छ ।

प्रयोगशालाले छिटो रिपोर्ट चाहिनेका लागि भन्दै यो विधिबाट कोरोनाको परीक्षण सेवा सुरु गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...