खोटाङको खोटेहाङमा लागेको डढेलोबाट ९ घर जलेर नष्ट

158

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा रहेको जङ्गलमा लागेको डढेलोले बस्तीमा क्षति गरेको छ । सामुदायिक वनमा लागेको डढेलोले खोटाङबजार पुरानो गाउँ र रातामाटामा गरेर नौ घर जलेका छन् ।

सुरक्षाकर्मी दमकल तथा स्थानीयबासिन्दाले आगो निभाइएकाले अरु घरमा क्षति हुनबाट जोगाइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । आगलागीले घर तथा कटेरा जलेपछि पीडित परिवार विस्थापित भएका छन् ।

प्रारम्भिक विवरणअनुसार झन्डै ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जङ्गलमा लागेको डढेलो पूर्णरुपमा निभाउन नसके पनि बस्तीमा जोखिम टरेको उनले बताए ।

मड्केमा सामुदायिक वनमा लागेको डढेलोले खोटेहाङ गाउँपालिका ७ खोटाङबजार पुरानो गाउँका छविलाल ढकाल, मिलन गेलाल, इन्द्रबहादुर भुजेल, यमबहादुर भुजेल, गोपाल ढकालको घर तथा कटेरा र खोटाङबजार रातामाटाकाविष्णुमायाँ भुजेल, उद्धव भुजेल, खड्गबहादुर भुजेल र नरबहादुर भुजेलको घर तथा कटेरा जलेर नष्ट भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...